बलेफी हाइड्रोले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । बलेफी हाइड्रो पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। साउन २० गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत आयोजनामा स्वपुँजी लगानी गर्नका लागि हकप्रद ल्याउने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको छ। यसअघि बलेफी हाइड्रोले ३६ मेगावाट क्षमताको माथिल्लो वलेफी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिसकेको छ।