काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार उक्त सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार ३०५ रुपैयाँ पुगेको छ, जुन मंगलबार दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो।