इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको  मुख्यमन्त्रीमा  नियुक्त
काठमाडौँ । बागमती प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली काँग्रेस र नेकपा एमालेका गरी कुल ६४ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन्। उनी नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापति तथा मकवानपुर निवासी हुन्।

बानियाँ बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्। उनीभन्दा अघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा मुख्यमन्त्री भइसकेका छन्। मकवानपुरबाट यसअघि डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए, बानियाँ यसै जिल्लाबाट दोस्रो पटक मुख्यमन्त्री बन्ने व्यक्ति हुन्।