काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” को उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन्। नाइमाका अनुसार एक्स्पो साउन २१ गते बिहान ९ बजे नेपाल प्रहरी क्लब परिसरको ब्लु पभिलियन भवन, भृकुटीमण्डपमा उद्घाटन गरिनेछ।
उक्त एक्स्पो साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाउने नाइमाले जनाएको छ। नाइमा एक्स्पोमा विशेष गरी दुइ पाङ्ग्रे सवारीसाधन ब्रान्डको उल्लेख्य सहभागिता रहनेछ। नाइमाका अनुसार करिब डेढ दर्जन दुइ पाङ्ग्रे सवारीसाधन ब्राण्डले यस वर्षको मोबिलिटी एक्स्पोमा आफ्नो उपस्थिति जनाउने छन्। नाइमा एक्स्पो देशको मोबिलिटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको हो।