सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा ११ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। आइतबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त विवरणका आधारमा ती कम्पनीलाई कारबाही गरिएको जानकारी दिएको हो।

सूचनामा उल्लेख अनुसार, जिम्मा लिएको काम समयमा नसकाउने तथा सम्झौताअनुसार कार्य सम्पन्न नगरेका कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) अनुसार कालोसूचीमा राखिएको हो।

ती निर्माण कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। यो अवधिभर ती कम्पनीहरूले कुनै पनि नयाँ सार्वजनिक खरिद प्रक्रिया वा ठेक्कामा भाग लिन पाउने छैनन्।