दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज साउन १९ गते अन्तिम दिन हो। कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि कुल २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्कासन गरेको छ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई सेयर निष्कासन गरिसकेको छ। कम्पनी बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्दैछ।