काठमाडौं । आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको हो।
यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६८ हजार ४ सय ६५ रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २ सय ५० रुपैयाँमा पुगेको छ। प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९ सय २९ रुपैयाँ निर्धारण गरिएको छ।