आज सुन र चाँदीको भाउमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सो सुनको मूल्य एक लाख ९४ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर आज प्रतितोला दुई हजार २७० रुपैयाँ पुगेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार ३१० रुपैयाँ रहेको थियो। सुनचाँदीको दैनिक मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा निर्धारण हुने गर्दछ।