आज  मंगलबार सुनको मूल्यमा गिरावट ,चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने दोश्रो दिन पनि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार उक्त सुनको मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। मंगलबारको बजारमा चाँदीको कारोबार मूल्य २ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य २ हजार २९५ रुपैयाँ थियो।

चाँदीको मूल्य दुई दिनदेखि लगातार वृद्धि हुँदै आएको छ।