काठमाडौं । लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धित लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित सनराइज म्युचुअल फण्डअन्तर्गतको सनराइज ब्लुचिप फण्डले इकाईधनीहरूका लागि १९ प्रतिशत दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो। यो घोषणा फण्डको गत आर्थिक वर्षको प्रदर्शनको आधारमा गरिएको हो।