काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य गिरावटसँगै बन्द भएको छ। नेप्से परिसूचक २.०७ अंकले घटेर २,९६२ मा पुगेको छ। बजार दिनभरि उतारचढावसँगै कारोबार भएको थियो।
आज ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १९ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ। सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ, जसको ९२ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। हिमालयन डिष्टिलरीको ७६ करोड ९९ लाख र ङादी ग्रुप पावरको ५७ करोड ९७ लाखको कारोबार भएको छ।
आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको घटेको छ। लगानीकर्ताको कमाइतर्फ हेर्दा, समता घरेलु लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९.९९% कमाएका छन्। त्यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले ९.९२% र ट्रेड टावरका लगानीकर्ताले ९.५३% कमाइ गरेका छन्।
अर्कोतर्फ, विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.४९% घाटा व्यहोरेका छन्।