नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । यस दिन आईतबारको बजारमा कायम मूल्यको आधारमा सुन खरिदबिक्री हुने भएको हो ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज अर्थात सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।