काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.४४ अंकले घटेर २,९६४.२० विन्दुमा बन्द भएको हो।
बजार घटेसँगै नेप्से अन्तर्गतका १३ उपसमूहमध्ये ८ उपसमूह घटेका छन् भने ५ उपसमूहमा हरियाली देखिएको छ। आज व्यापार समूह सबैभन्दा धेरै १.४४ प्रतिशतले बढ्दा वित्त समूह १.९९ प्रतिशतले घटेको छ। आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर घटेका छन्।
कारोबारको हिसाबले आजको दिन उल्लेखनीय रह्यो। कुल २६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
सर्वाधिक कारोबार भएका कम्पनीहरू यसप्रकार छन्:
शिवम् सिमेन्ट – १ अर्ब २ करोड ३ लाख रुपैयाँ
ङादी ग्रुप पावर – ८८ करोड ९० लाख रुपैयाँ
नेपाल पुनर्बीमा कम्पनी – ८५ करोड २ लाख रुपैयाँ
कालिका पावर – ८४ करोड ६५ लाख रुपैयाँ
ग्रीन भेन्चर्स – ७६ करोड ६ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावर – ७५ करोड ५१ लाख रुपैयाँ
लुम्बिनी विकास बैंक – ७५ करोड ४५ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्स – ७० करोड रुपैयाँ
अरुण काबेली पावर – ६३ करोड ३५ लाख रुपैयाँ
हिमालयन डिस्टिलरी – ५३ करोड २५ लाख रुपैयाँ