काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ४४ अंकले घटेर २,९६४ विन्दुमा कायम भएको छ ।
आज ६३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । कुल ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २६ अर्ब ५७ करोड रुपैयाँ नाघेको छ ।
कारोबार रकमका हिसाबले आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर किनबेच भएको छ । कम्पनीको १ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछिल्लो स्थानमा ङादी ग्रुप पावर (८८ करोड ९० लाख रुपैयाँ) र नेपाल पुनर्बीमा कम्पनी (८५ करोड २ लाख रुपैयाँ) छन् ।
कमाउनेतर्फ समता घरेलु लघुवित्त र ट्रेड टावरका लगानीकर्ताले १० प्रतिशतका दरले लाभ लिएका छन् । यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशत र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतको लाभ कमाएका छन् ।
आजको दिन सबैभन्दा धेरै घाटा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले व्यहोरेका छन् । उनीहरूले ६.३४ प्रतिशतका दरले लगानी गुमाएका छन् ।