काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ९ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा संस्थाले ४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा १०४.७१ प्रतिशतले बढेको छ।