काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले घटेर आज २ हजार २९० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदीको मूल्य २ हजार ३४० रुपैयाँ रहेको थियो।