तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज साउन ११ गते अन्तिम दिन हो। कम्पनीले असार १६ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो।

कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज मिति तय गरेकोले जेठ ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्ने व्यवस्था छ।

नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रद निष्काशनको अनुमति प्राप्त गरेपछि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको हो।