तिन सय  २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा आवश्यक न्यूनतम १ सय कामदार विदेश पठाउन नसकेका ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ। वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधानअनुसार दुई वर्षसम्म वार्षिक १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको इजाजतपत्र रद्द हुने व्यवस्था रहेको छ।

यद्यपि हाल ऐन संशोधन भइसकेको छ तर राष्ट्रपति मार्फत प्रमाणीकरण हुन बाँकी रहेको छ। यस्तो अवस्थामा वैदेशिक रोजगार विभागले सम्बन्धित म्यानपावर कम्पनीहरूसँग छलफल गरी ‘बाधा अड्काउ फुकाउ’ प्रक्रिया अपनाएर निलम्बन फुकुवा गरिने जानकारी विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले दिएका छन्।