सुन र चाँदीको मूल्य घट्यो ,आजको कारोबार दर कति?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बुधबार बढेको सुन र चाँदीको मूल्य यस दिन भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँ घटेको हो। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ३५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको चाँदीको मूल्य यस दिन भने घटेको हो। यस दिन चाँदी तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।