काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, समीक्षा अवधिमा बैंकको खुद नाफा १३.८६ प्रतिशतले घटेर १ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकको ब्याज आम्दानी २ अर्ब ७८ करोडबाट घटेर २ अर्ब ४६ करोडमा झरेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी २ अर्ब ५६ करोडबाट घटेर १ अर्ब ९२ करोडमा आएको छ।
यद्यपि, सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ७६.०८ प्रतिशतले वृद्धि भई १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जसले खुद नाफालाई समेत उछिनेको देखिन्छ।
बैंकको प्रतिशेयर आम्दानी (EPS) ५.३० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८.८८ रुपैयाँ छ। २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको निफ्राको सञ्चित कोषमा हाल ४ अर्ब ७ करोड रुपैयाँ रहेको उल्लेख छ।