काठमाडौं । शेयर बजार मंगलबार उछाल आएको छ। नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा बन्द भएको हो। बजारमा हरियाली छाउँदा नेप्से उपसमूह १३ वटै समूहमा हरियाली छाएको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६३ प्रतिशतले बढेको छ।
यो दिन २३६ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १४ वटाको मात्रै घटेको छ। आज बजारमा २० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।