एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा उपचारमा २० प्रतिशत छुट

काठमाडाैं। एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतासँगै अब बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका हुन्। यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँग सहकार्य गरिएकाे जनाएकाे छ।