मंगलबार सुनको मूल्यमा भारी उछाल, चाँदीले नयाँ रेकर्ड कायम गर्‍यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर एक लाख ९५ हजार ५०० रुपैयाँमा पुगेको छ।
अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँ थियो। पछिल्ला पाँच दिनदेखि सुनको मूल्य लगातार उकालो लागेको छ।
यसैबीच, चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ। मंगलबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर दुई हजार ३२० रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य दुई हजार २८५ रुपैयाँमा थियो।
यो वृद्धिसँगै चाँदीको मूल्यले असार ३० गते सोमबार कायम गरेको दुई हजार ३१५ रुपैयाँको अघिल्लो रेकर्डलाई तोड्दै नयाँ उच्च विन्दु छोएको हो।