काठमाडौं । गरिमा विकास बैंकको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकका अनुसार संस्थापक समूहको १ लाख ४७ हजार ८३४.६५ कित्ता शेयर बिक्री खुला गरिएको हो। हाललाई उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिदको लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
बैंकले तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरूबाट कुनै निवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूलाई बिक्री खुला गरिने जानकारी दिएको छ।