काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार सामान्य रूपमा बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३२ अंकले उक्लिँदै २८७०.९५ विन्दुमा पुगेर बन्द भएको हो।
आज कुल ५ वटा उपसमूहमा वृद्धि देखिएको छ भने ८ वटा घटेका छन्। अन्य समूह ३.३६ प्रतिशतले बढेर अगाडि रहँदा वित्त समूह भने २.२६ प्रतिशतले घटेर सबैभन्दा कमजोर समूहको रूपमा देखिएको छ।
आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको छ। समग्र बजारमा करिब २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन पछिल्लो ११ महिनाको उच्चतम कारोबार हो।
आजको उच्च कारोबार भएका शीर्ष १० कम्पनीहरू:
नेपाल पुनर्बीमा कम्पनी – ९८ करोड ५५ लाख रुपैयाँ
बुटवल पावर कम्पनी – ६४ करोड २७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्स – ५६ करोड ६७ लाख रुपैयाँ
ङादी ग्रुप पावर – ५० करोड रुपैयाँ
सानिमा माई हाइड्रोपावर – ४८ करोड ११ लाख रुपैयाँ
साहास ऊर्जा – ४६ करोड ६१ लाख रुपैयाँ
राधी विद्युत कम्पनी – ४५ करोड ७८ लाख रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्स – ४३ करोड ३५ लाख रुपैयाँ
लुम्बिनी विकास बैंक – ३६ करोड २७ लाख रुपैयाँ
एनआईसी एशिया बैंक – ३१ करोड ७६ लाख रुपैयाँ