काठमाडौं । आजको शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३२ अंकले बढेर २,८७० विन्दुमा पुगेको छ। आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको छ। कुल ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २१ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। यो कारोबार पछिल्लो ११ महिनाकै सबैभन्दा ठूलो हो। यसअघि, गत अगस्ट १८ मा सवा २८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार (९८ करोड ५५ लाख रुपैयाँ) भएको छ। त्यसपछि बुटवल पावर कम्पनी (६४ करोड २७ लाख) र हिमालयन रिन्स्योरेन्स (५६ करोड ६२ लाख) प्रमुख कारोबार कम्पनी बनेका छन्। कमाउनेतर्फ आज उन्नती सहकार्य लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ताले १० प्रतिशत लाभ गरेका छन्। ट्रेड टावर र शिवश्री हाइड्रोका लगानीकर्ताले पनि ९.९८ प्रतिशतले कमाएका छन्।
विपरीत, समृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। आज कम्पनीको शेयर मूल्य ८.८८ प्रतिशतले घटेको हो।