शिवश्री हाइड्रो र सिटी होटेललाई हकप्रद शेयर निष्काशनको स्वीकृति

काठमाडौँ । शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटेल लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज साउन ४ गते यी दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शिवश्री हाइड्रोले हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशत र सिटी होटेलले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएका हुन्।

अब शिवश्री हाइड्रोले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै सिटी होटेलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।