काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ । नेप्से परिसूचक ७५.८४ अंकले वृद्धि हुँदै २८७०.६३ विन्दुमा पुगेर बजार बन्द भएको हो । आज नेप्से सूचकमा समावेश सबै १३ वटै उपसमूहमा हरियाली देखिएको छ । तीमध्ये सबैभन्दा धेरै वृद्धि ‘अन्य समूह’मा ५.०९ प्रतिशतले भएको हो । बजारमा आज २३९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ९ कम्पनीको मात्रै गिरावट आएको छ । कुल कारोबार १६ अर्ब ५९ करोड रुपैयाँ नाघेको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ ।
आज उच्च कारोबार भएका १० कम्पनी