राष्ट्र बैंकले मुद्दति निक्षेपमा लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५७ करोडभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई साउन २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ। जारी विवरण अनुसार, कुल लगानीमध्ये ४५ करोड ६० लाख रुपैयाँ वाणिज्य बैंकहरूमा, ८ करोड ५५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र २ करोड ८५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा लगानी गरिनेछ।

यो मुद्दति लगानी २०८२ साउन ६ गतेदेखि सुरु भई २०८३ साउन ६ गतेसम्म, अर्थात् ३६६ दिनको अवधि रहने राष्ट्र बैंकले जनाएको छ।