शेयर बजार दोहोरो अंकले उकालो, कारोबार १४ अर्ब नाघ्यो

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३४.६१ अंकले उकालो लाग्दै २,७९४ विन्दुमा पुगेको छ । कारोबार भएका ३३० कम्पनीमध्ये १९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ कम्पनीको घटेको छ । दिनभरिमा ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ ।

आज सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो । यसपछि राधि विद्युत कम्पनी (५६ करोड ६९ लाख) र सानिमा माई हाइड्रोपावर (३९ करोड ९२ लाख) रहेका छन् ।

लगानीकर्ताको कमाइतर्फ आज केबिएल डिबेञ्चर र थ्रि स्टार हाइड्रोपावर अगाडि रहे । दुबै कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले लाभ कमाएका छन् । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंक (८.४१%) र एनआइबिएल स्टेबल फन्ड (८.३२%) का इकाईधनी पनि उल्लेख्य लाभमा देखिए ।

आजको कारोबारमा माईखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७.८७ प्रतिशतले घटेको हो ।