सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। मंगलबार यसै सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी १५ रुपैयाँले घटेर प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य २ हजार २७४ रुपैयाँ थियो। सुनचाँदीको मूल्य घट्दा उपभोक्तालाई केही राहत मिल्ने अनुमान गरिएको छ।