हिमालयन बैंकले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको हो ।
बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको हो। यस निष्काशनमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। एफपीओ निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले असार २२ गते बैंकलाई एफपीओ निष्काशनको अनुमति दिएको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १६९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो। तर बोर्डले बैंकले प्रस्ताव गरेको मूल्यमा १२ रुपैयाँ घटाएर अनुमति दिएको हो ।