आज धेरै कारोबार भएका १० कम्पनीहरू यिनै हुन्

काठमाडौं। शेयर बजार मंगलबार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूहमा हरियाली छाएको भने म्युचुअल फन्ड स्थिर रहेको छ। सर्वाधिक वृद्धि बैंकिङ समूह १.८१ प्रतिशतको देखिएको छ।आज बजारमा २०९ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ३९ कम्पनीको शेयरभाउ घटेको छ। बजारमा आज ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बुटवल पावरको भएको छ।