काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले साउन ३२ गते बुधबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ। जसमा ७७ हजार ३ सय ९७ जनाले शेयर पाउने छन् । जसमा ५ जनाले ११ कित्ता शेयर पाउने छन् ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरिसकेको छ । यस कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीका मुख्य शेयरधनीमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड, दुतराज लामा लगायत रहेका छन् ।