काठमाडौँ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १:०.६५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार, कम्पनीले कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ। हकप्रदमा आवेदन दिन भदौ ४ गतेसम्मको समय दिइएको छ। कम्पनीले असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ५ गते बिहीबारसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
शेयर निष्काशनको व्यवस्थापन लक्ष्मी क्यापिटल बजार लिमिटेडले गर्नेछ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते जोशी हाइड्रोपावरलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।