काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निजी आवसीय घर निर्माण वा खरिद गर्न ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् हाल २ करोडसम्म दिँदै आइएको यस्तो कर्जाको सीमा ३ करोड बनाएको हो । यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत कायम गरिने र अन्यको हकमा अधिकतम् ७० प्रतिशतसम्म कायम गरिने राष्ट्र बैंकले जनाएको छ।