विदेश जाने नेपाली नागरिकलाई अब ३ हजार डलरसम्म सटही सुविधा

काठमाडौँ । अब विदेशी भ्रमणमा जाने नेपाली नागरिकहरूले प्रतिपटक ३ हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सटही सीमा बढाउने निर्णय गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो।

यसअन्तर्गत भारत बाहेक अन्य देशमा जाने यात्रुहरूलाई अब हरेक यात्राको लागि अधिकतम ३ हजार अमेरिकी डलर बराबरको वैदेशिक मुद्रा सटही गर्न पाउने सुविधा दिइनेछ। यसअघि भने नेपाली नागरिकहरूले प्रतिपटक अधिकतम २ हजार ५ सय डलरसम्म मात्र सटही गर्न पाउँथे। नयाँ व्यवस्थाले अन्तर्राष्ट्रिय यात्रा गर्ने नागरिकहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ।