खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्न आज अन्तिम मौका

काठमाडौँ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार३ सय रुपैयाँको ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।