आज धेरै कारोबार भएका १० कम्पनीहरू यिनै हुन्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० को विन्दुमा उक्लेको छ। यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटा बढेका छन् भने २ वटा घटेका छन्। आज बैंकिङ समूह सर्वाधिक १.६८ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.३८ प्रतिशतले घटेको छ।

आज बजारमा १९९ कम्पनीको शेयरभाउ बढ्दा ४९ कम्पनीको घटेको छ। बजारमा यो करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी