काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पहिलोपटक आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ, जसमा नियामकीय योजना र कार्ययोजना समेटिएको छ। हाल कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको भए पनि बाँकी ५२.६१ प्रतिशत अझै बीमा सेवाबाट बाहिर रहेको उल्लेख गर्दै प्राधिकरणले बीमा विस्तारका लागि रणनीति अघि सारेको छ।
यस अन्तर्गत प्राधिकरणका १५८ र बीमा कम्पनीमा कार्यरत १२ हजारभन्दा बढी कर्मचारीको क्षमताविकास, अनुसन्धान आधारित बीमालेख निर्माण, र ग्राहक केन्द्रित सेवा प्रणाली विकासमा जोड दिइने जनाइएको छ। बीमा साक्षरताको अभिवृद्धि पनि प्रमुख प्राथमिकतामा राखिएको छ।