काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले आज असार २५ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशन गरेको हो।
कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। यस हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले हकप्रद निष्काशनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले वैशाख २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।