झिनो अंकले घट्यो आजको सेयर बजार

काठमाडौँ । मंगलबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य बढे पनि नेप्से परिसूचक झिनो अंकमा घटेको छ । आज १३३ कम्पनीको मूल्य बढ्यो भने ११५ को घट्यो । नेप्से परिसूचक ०.१४ अंक घट्यो ।बढ्नेभन्दा घट्ने कम्पनीहरूको पुँजीकरण बढी भएकाले यस्तो प्रभाव देखिएको छ । सो गिरावटपछि नेप्से २६८३.८६ अंकमा कायम भएको छ ।

कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडमा खुम्चिएको छ ।