काठमाडौँ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक घटेर २६८३.७७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४४ स्टकको ७८ पटकको कारोबारमा ८८ लाख ४३ हजार ५२४ रुपैयाँ ५० पैसाबराबरको १७ हजार ९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।