काठमाडौँ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। सोमबार बसेको छैटौँ अधिवेशनको १९औँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव अघि सारेका थिए। सभामुख भुवन कुमार पाठकले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले समर्थन गरेका थिए।
बजेट भाषणपछिको छलफलमा देखिएको असन्तुष्टिपछि सरकारले थप कार्यक्रम समेट्दै कुल १ हजार ७७१ योजना बजेटमा समावेश गरेको छ। यद्यपि ती योजनाका लागि विनियोजन हुने रकम खुलाइएको छैन। त्यस्तै, प्रदेशको संरचना सुधारका लागि नेकपा एमालेका चार सांसदले पेश गरेको संकल्प प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ। एमाले सचेतक मधुसूदन पौडेलले प्रदेश संरचनालाई मितव्ययी र प्रभावकारी बनाउँदै सुशासन र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने लक्ष्यसहित संकल्प प्रस्ताव ल्याइएको जानकारी दिए।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। सोमबार बसेको छैटौँ अधिवेशनको १९औँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव अघि सारेका थिए। सभामुख भुवन कुमार पाठकले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले समर्थन गरेका थिए।
बजेट भाषणपछिको छलफलमा देखिएको असन्तुष्टिपछि सरकारले थप कार्यक्रम समेट्दै कुल १ हजार ७७१ योजना बजेटमा समावेश गरेको छ। यद्यपि ती योजनाका लागि विनियोजन हुने रकम खुलाइएको छैन।
त्यस्तै, प्रदेशको संरचना सुधारका लागि नेकपा एमालेका चार सांसदले पेश गरेको संकल्प प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ। एमाले सचेतक मधुसूदन पौडेलले प्रदेश संरचनालाई मितव्ययी र प्रभावकारी बनाउँदै सुशासन र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने लक्ष्यसहित संकल्प प्रस्ताव ल्याइएको जानकारी दिए।