चार निर्माण कम्पनी एक वर्षका लागि कालो सूचीमा

काठमाडौँ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै ती कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम कालो सूचीमा राखिएको जानकारी दिएको हो।

निर्धारित समयभित्र जिम्मेवारी पूरा नगरेको भन्दै ग्रीन लिफ प्रा.लि. (काठमाडौं), शिवम कन्स्ट्रक्सन, डि.जी. इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि. (टोखा, काठमाडौं), र थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. (कोशी गाउँपालिका–७, सुनसरी) लाई एक वर्षको लागि कालो सूचीमा राखिएको हो। कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरू कुनै पनि सरकारी खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।