काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्काशनको अनुमति पाएको छ। बोर्डले आज असार २२ गते बैंकलाई एफपीओ निष्काशन गर्न स्वीकृति दिएको हो। बैंकले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम थप गरी १६९ रुपैयाँमा एफपीओ ल्याउने प्रस्ताव गरेको थियो। तर बोर्डले मूल्य समायोजन गर्दै १२ रुपैयाँ घटाएर १५७ रुपैयाँमा एफपीओ निष्काशन गर्न अनुमति दिएको हो।
अब बैंकले कुल ९२ लाख ५० हजार ४ सय ६९ कित्ता सेयर निष्काशन गर्दै १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ। एफपीओ निष्काशन प्रक्रियाका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। एफपीओपछि बैंकको सार्वजनिक स्वामित्व बढ्नेछ र सेयरधनीको सहभागिता थप सशक्त हुने अपेक्षा गरिएको छ।