शेयर बजारमा आजको उच्च कारोबार: दुई पुनर्बीमासहित १० प्रमुख कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा उक्लिएको छ।

सामान्य अंकले बजार बढ्दा नेप्से उपसमूहमा ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.०६ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।

यो दिन ८७ कम्पनीको शेयरभाउ बढ्दा १६२ वटाको घटेको छ। बजारमा आज साढे ९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।