काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९.१४ अंक बढेर २७०३.९६ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ४.२६ अंक बढेर २७०८.२३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६९ अंक बढेको छ। साताको पहिलो कारोबार दिन आईतबार प्रि ओपन सेसनमा ४७ स्टकको एक करोड ६० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।