आज धेरै कारोबार भएका १० कम्पनीहरू हेर्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक २.३८ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.६१ प्रतिशतले घटेको छ।आज बजारमा २१७ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ३१ कम्पनीको शेयरभाउ घटेको छ। बजारमा आज ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी