काठमाडौँ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ९.१९ अंक बढेर २६३१.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५७ अंक बढेर २६३३.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको ६१ पटकको कारोबारमा २५ लाख ८४ हजार ८७९ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ५३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी एक स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।